९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गच्छदारसहित १७२ विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो



काठमाडौं ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदबिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७२ जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०मा गठी मुद्दा दर्ता भएको छ । योसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीका लागि बाटो खुलेको छ ।
ललिता निवास जग्गा प्रकरणमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री गच्छदारसहित १ सय ७२ जनाविरुद्ध किर्ते र गठीको आरोप लगाउँदै सीआईबीमा किटानी जाहेरी दिएको थियो ।
सीआईबीले यसअघि नै १ सय ३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १ सय ७२ जनाविरुद्ध कारबाहीको सिफारिस गरिसकेको छ ।
जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ३ : ४७ बजे