९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘नेपालमा पार्टी विना काम गर्न गाह्रो देखे, त्यसैले समाजबादी पार्टीमा प्रवेश गर्दैछु’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ स्वतन्त्र जनप्रतिनिधि हुनुहुन्छ । कपिलवस्तुमा लोकप्रिय छवि बनाउनुभएका खाँले स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा उठेर चुनाव जित्नुभएको थियो । गाउँपालिका अध्यक्ष भएपछि उहाँको लोकप्रियता झनै बढ्यो । अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख ‘स्कारपियो गाडीमा’ हुँईकिरहदा खाँ मोटरसाइकलमै हिडेर जनताको सेवा गर्नुभयो । गाडी किन्ने पैसाले एम्बुलेन्स किनेर सर्वत्र चर्चा बटुल्नुभयो । स्थानीय तहमा अढाई बर्ष स्वतन्त्र रुपमै रहेर काम गर्नुभएका यिनै खाँ अब भने पार्टी प्रवेशको तयारी गर्दै हुनुहुन्छ ।
यही १० गते पकडीमा आयोजित कार्यक्रममा उनी समाजवादी पार्टी प्रवेश गर्न थाल्नुभएको हो । केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा आफु समाजवादी पार्टी प्रवेश गर्न लागेको मायादेवी अनलाइनलाई बताउनुभयो ।
दिनहुँ लोकप्रियता बढीरहेका बेला किन समाजबादी पार्टी प्रवेश गर्न थल्नुभएको भन्ने प्रश्नमा उहाँले नेपालमा स्वतन्त्र ढंगले काम गर्न निकै असहज अनुभव गरेको सुनाउने भयो । “स्थानीय सरकारको प्रमुख भएपनि प्रदेश र केन्द्र स्तरका सांसद दलिय हुँदा सोचेजस्तो बजेट ल्याउन सकेन् । जनताका आशा धेरै भए । सबै एक्लै गर्न गाउँपालिकाको बजेटले पुग्दैन । निर्वाचित सांसदहरु आफ्नो पार्टीको योजना अनुसार बजेट हाल्नु नै भयो । मैले गरेका काम प्रचार गर्ने कुनै शक्ति भएन । यी यस्ता समस्या देखा परेपछि पार्टी प्रवेश गर्न थालेको हुँ गाउँपालिका अध्यक्ष खाँले मायादेवीसंगभन्नुभयो”, ‘पार्टी प्रवेश कुनै स्वार्थले होइन्, बाध्यता र जनताको आवश्यकताले गर्न लागेको हँु ।’
अध्यक्ष खाँ मधेसका पाका नेतामा पर्नुहुन्छ । स्व. गजेन्द्र नारायण सिंहले नेतृत्व गर्नुभएको सद्भावना पार्टीबाट राजनीति थाल्नुभएका उहाँ पछि राजपा नेपालमा हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचन ताका पार्टीले चुनाव बहिस्कार गरेपछि उहाँले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको थियो । मधेसी समुदाय अहिले पनि राज्यबाट शोषित पीडित रहेको उल्लेख गर्दै उहाँले समाजबादी पार्टी रोजेर प्रवेश गर्न थालेको बताउनुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  १२ : ३५ बजे