९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रथम शीतगंगा महोत्सवः तेस्रो दिन दर्शकको उत्साहजनक उपस्थिती



मायादेवी अनलाइन, अर्घाखाँची ।
विहीबारदेखि सुरु भएको प्रथम शीतगंगा महोत्सबमा दर्शकको उत्साहजनक उपस्थिती देखिएको छ । ‘कृषि, पर्यटन, उद्योग, ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूलआधार’ भन्ने मुल नाराका साथ ठाडामा सुरु भएको महोत्सवको दोस्रो दिन शनिबार ५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
शनिबार चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने, लोक तथा आधुनिक गायक दिपक भण्डारी, लोक तथा दोहोरी गायक विक्रम राना, मिसन भुसाल, शारदा भुसाल लगायत स्थानीय कलाकारले प्रस्तुती दिएका थिए । साथमा महोत्सवमा छमछमी कला केन्द्र चन्द्रौटाको वेजोड प्रस्तुतीमा दर्शक झुमेका थिए ।
आइतबार राष्ट्रिय लोक तथा दोहोरी गायिका सान्ति श्री परियार लगायत स्थानीय कलाकारको साथमा छमछमी कला केन्द्र चन्द्रौटाको वेजोड दिने आयोजकले जनाएको छ ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शक भित्राउने लक्ष राखेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा १ सय ५ स्टल रहेका छन् ।
महोत्सवको आकर्षकको रुपमा प्रथम शीतगङ्गा डान्स आइडल रहेको छ । डान्स आइडलमा प्रथम पुरस्कार रु ४० हजार, दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
प्रथम शीतगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायकको भूमिकामा डान्सर तथा मोडल निर्देशक सुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरि रिजाल हुनुहुन्छ । महोत्सव फागुन १२ गतेसम्म लाग्ने छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ५६ बजे