९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रेखा थापा भन्छिन्, मेरा फिल्मले समाजको अवस्था बोलेको हुन्छ



दाङ ।
नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले आफूले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने गरेको बताइन् । चलचित्र पत्रकार संघ नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायिक थापाले आफूले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा महिला-पुरुष बराबरकै हैसित बनाउन सक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आएको बताइन् ।

त्यसैगरी उनले फिल्म क्षेत्रमा पनि अनुभवको आवश्यकता भएको बताइन् । नायिका थापाले भनिन्,‘अरु क्षेत्रमा काम गर्दा जसरी अनुभव भएकालाई पहिलो प्राथमिकता दिइन्छ। त्यसरी नै फिल्म क्षेत्रमा पनि अनुभवीलाई विशेष स्थान दिइए नेपाली सिनेमाले ठूलो फड्को मार्नसक्छ। ’

साथै नायिका थापाले हाल रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष भएर आउने कुनै चाहना नभएकाले अहिले चर्चामा रहेका मध्येबाट बोर्ड प्रमुख जो भए पनि आफूलाई स्वीकार्य हुने समेत बताइन् । त्यसैगरी उनले गिरिजा बाबु र प्रचण्डको राजनीतिबाट प्रभावित भएर आफू पनि राजनीतिमा होमिएको समेत बताइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ५० बजे