९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बलदेव भन्छन्, ‘कपिलवस्तुमा बाबु र सामन्तवादसंग लड्दा लड्दा हैरान भए’



मायादेवी अनलाइन, चारनम्बर ।
(नेकपा) का स्थायी समिति सदस्य चक्रपाणी खनाल ‘बलदेव’ले कपिलवस्तुमा ‘बाबुहरु र सामन्तवाद’संग लड्दा लड्दा हैरान भएको बताउनुभएको छ । ०३४ साल देखि यहाँका बाबुहरुसंग आफु लड्दै आएको स्मरण गर्दै यसका अवषेशहरु अहिले पनि हटाउन नसकिएको बताउनुभयो ।
नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल कपिलवस्तुको एक कार्यक्रममा बोल्दै नेता खनालले जिल्लाको दक्षिणी क्षेत्र विकासको मूल प्रवाहमा आउन अझै नसकेको जिकिर गर्नुभयो । त्यसको मूल समस्या बाबुहरु र सामान्तबाद भएको उहाँको दाबी छ । आफुहरुले सबै विकास गर्यौ भनेर दाबी नगर्ने उल्लेख गर्दै विकासको चेतना राम्रै जगाउन भने सकेको बताउनुभयो । ५ बर्षे कार्यकालमा अहिलेसम्म नभएको विकास गरेर देखाउने उहाँले अठोट व्यक्त गर्नुभयो ।


नेता बलदेवको संक्षिप्त भाषण

‘सबै विकास ग¥यौं त म भन्दिन, हामीले विकासको अलिकति सचेतना मात्र गराउन सकेका छौं । तर, यस भन्दा पहिला कत्ति विकासको सोच थिएन् उहाँले भन्नुभयो, “यो जिल्ला बाबुहरुको जिल्ला हो । यसलाई मैले धेरै त होइन्, ०३४ सालदेखि राम्रै भोगेर आएको छु । यो जिल्लामा बाबुहरुसंग लड्दा लड्दा हैरान भयौं, अहिले पनि सकिएको छैन् ।”
०४७ सालको आन्दोलन पछि तौलिहवामा गएर बाबुहरुको विरुद्ध नारा लगाइन्थ्यो । त्यो भन्दा पहिला सिडिओ कार्यालय अगाडी नारा लगाइन्थ्यो । नाम लिएरै फलना फलनालाई यो जिल्लाबाट नमासी छोडिदैन भन्दै पनि हिडिन्थ्यो । अनेक गरियो तर बाबु र सामन्तवादबाट यो जिल्ला मुक्त भएन । त्यस कारणले अहिले पनि विकासको गति यति सुस्त छ, यति पछाडि छ, यसलाई हामी कसरी उजागर गर्ने हो । कसरी उठाउँने हो चिन्ता छ । मान्छेका चेतना, मान्छेका गाउँघर, यो समाजको अवस्था हेरौं । समाजमा अगाडी बढेकाले राज गर्ने र अरु शाषित मान्छेहरु शासकहरुको कुनै न कुनै बहानामा, चाहे त्यो पञ्चेको बहनामा, कांग्रेसको बहनामा, कम्युनिष्टकै बहानमा होला यिनै शासकहरु सधै सत्तामा भैरहने जुन स्थिती छ । यसलाई त हटाउनै पर्छ ।
केही हदसम्म जमिनको खण्डीकरणसंगै सामन्तवादको अन्त्य पनि भयो, तर, पूँजीवादको विकास भएको छैन् । सामन्तबादको अवशेषमा हामी केही कडा बन्दै छौं ।
हिजो कम्युनिष्ट पार्टी गाउँ गाउँ लैजान सकिएको थिएन, तर अहिले विस्तारै गाउँ गाउँ पुग्न लागेको छ । यसले पनि कपिलवस्तु सुध्रिने राम्रो छनक हो । हामी भौतिक पूर्वाधारको हिसाबमा राम्रै ढंगले अगाडी बढेका छौं । जिल्लाभित्र सबै क्षेत्रको जिम्मा हामीले अहिले लिदैनौं किनभने त्यहाँ जनप्रतिनिधि हुनुहुन्छ, तर जिल्ला पार्टीले त्यता तिर राम्रै ध्यान दिनुपर्ने हुन्छ । हामीले १ नम्बर क्षेत्रको विकास तीव्र गर्छौ । अहिले भौतिक पूर्वाधारको क्षेत्रमा धेरै कुरा अगाडी बढेका छन् । पानीको क्षेत्रमा आंशिक रुपमा काम गरेका छौं । कृषि पूर्वाधारको क्षेत्रमा सुपरजोन जोनहरु मार्फत कार्यक्रमलाई अगाडी बढाएका छौं ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ५ : २७ बजे