९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सि एण्ड सि हस्पिटलद्धारा गजेहडामा निशुल्क स्वास्थ्य जाँच, ४ सय बढी लाभान्वित




मायादेवी अनलाइन, कपिलवस्तु ।

बाणगंगा नगरपालिकाको चार नम्बरबाट अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सि एण्ड सि हस्पिटलले सर्वसाधारणको निशुल्क स्वास्थ्य जाँच गरेको छ । कपिलवस्तु हाटबजार ब्यवसायी समितिले शुक्रबार गजेहडामा राखेको शिविरमा हस्पिटलले निशुल्क जाँच गरेको हो । जसमा नगरपालिकाका सबा ४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराई प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

हस्पिटललका वरिष्ठ फिजिसियन विशेषज्ञ डाक्टर प्रकाश पुनका अनुसार शिविरमा फिजिशियका २ सय ७५, हाडजोर्नि रोग सम्बन्धि १ सय ४०, दन्त सम्बन्धि ६५, महिलारोग सम्बन्धि ६२, नसारोग सम्बन्धि ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् । शिवरमा जाँच गराएका मध्ये ५ जना हर्नियाको अपे्रसन गर्ने खालका बिरामी भेटिएको अस्पतालले जनाएको छ । शिविरमा मधुमेह, नयाँ तथा पुराना सुगर रोग भएका ५२ जनाले पनि जाँच गराएका छन् ।


शिवरमा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएका नगर प्रमुख मंगल प्रसाद थारुले हस्पिटलको काम नाफा कमाउने मात्र नभएर सेवा दिने पनि रहेको बताउँदै यसमा सि एण्ड सि उदाहरणीय भएको बताउनु भयो । निशुल्क रुपमा आँगन अगाडी डाक्टरको टोली आउँदा स्वास्थ्य जाँच गराएर धेरै फाइदा लिन उहाँले सबैलाई सुझाउनु भयो ।

नागरिक समाजका कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईले सिएण्डसी अस्पत्तालको यो अभियानले धेरैलाई राहात प्रापत गरेको भन्दै धन्यबाद दिनुभयो । अस्पत्तालका संचालक गोपाल घिमिरेले बाणगंगा नगरमा आर्थिक अवस्थाका कारण सामान्य स्वास्थ्य जाँच गराउन पनि सर्वसाधारणले नसक्ने अवस्था पाएकोले यस्ता अभियानमा आफ्नो सिंगो टोली जुटेको बताउनु भयो । उहाँले शिविरमा जाँच गराएको कागजात लिएर अस्पत्तालमा आउँदा अरु बेला पनि छुट दिने बताउनु भयो । उहाँले बुटवल र काठमाण्डौँकै सुविधामा आफुले अत्याधुनिक स्वास्थय सेवा दिएकाले ढुक्क भएर आउन सबैलाई आग्रह गर्नुभयो ।


हाटबजार ब्यवसायिक समितिका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा भएको शिबिरमा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री , ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुश कुमार जोशी, उद्योग बाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष टोपनारायण भण्डारी, वडा सदस्य इन्दिरा पन्त लगाएतको सहभागिता रहेको थियो । सिएण्डसीका फार्मेसीका ईन्चार्ज रमेश शर्माको सञ्चालमा सम्पन्न शिविरमा सिएण्डसीका जनसम्र्पक अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभएको थियो ।

Image may contain: 9 people, including Gopal Ghimire, people smiling, people standing

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  १ : ५४ बजे