९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, ३० मिलियन युरो जरिवाना पनि तिर्नु पर्ने



एजेन्सी ।
म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपियन क्लब प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ ।
युरोपियन फुटबलको प्रशासकीय निकायल युइएफएका अनुसार इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियम गम्भीर रुपमा उल्लंघन गरेको पाइएको जनाएको छ ।
साबिक विजेता सिटीले प्रिमियर लिगमा रहन पनि ३० मिलियन युरो जरिवाना तिर्नु पर्ने भएको छ । युइएफएको यो निर्णयविरुद्ध म्यानचेस्टर सिटीले खेल अदालतमा पुनरावेदन गर्न पाउने छ । म्यानचेस्टर सिटीले निर्णयबाट निराश भएको तर अचम्ममा नपरेको बताएको छ । उसले पूर्वाग्रही निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
सन् २०१२ देखि २०१६ सम्ममा प्रायोजना मार्फत क्लबले प्राप्त गरेको रकमबारे सही जानकारी नदिएको र अनुसन्धानमा सहयोग समेत नगरेको युइएफएले गठन गरेको छानविन समितिले उल्लेख गरेको छ ।
प्रिमियर लिगमा सिटीको अंक घट्न पनि सक्छ । प्रतिबन्धको अर्थ म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग वा युरोपा कप फुटबल खेल्न पाउने छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ८ : १७ बजे