९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतको अन्तिम योजना नेपाललै कब्जा गर्ने होः अध्यक्ष केसी



बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताउनु भएको छ । अहिलेसम्म देशको ७१ ठाउँमा सीमा मिचेको भारतको अन्तिम योजना नेपाललै कब्जा गर्ने रहेको दावी गर्नुभयो ।
पार्टी निकट अलिख नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको सातौ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताउनु भयो ।
उहाँले सत्ता सञ्चालकहरुको कमजोरीका कारण संसारमै जलश्रोतको धनी देशका नेपाली जनता अहिले भिक मागेर खाने अवस्थामा पुगेको बताउनु भयो । संविधान कार्यन्वयन हुन नसकेको उल्लेख गर्दै संविधान कार्यान्यनका लागि फेरी संघर्ष गर्नुपर्ने बताउनु भयो ।
विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरुले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताउनु भयो । एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दावी गर्नुभयो ।
सम्मेलनमा ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको अध्यक्ष मिना पुनले जानकारी दिनुभयो । महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ०३ बजे