९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी लर्निङ सेन्टरले दियो लेखाई सिप सहितको निःशुल्क ‘कमाण्डो क्लास’



मायादेवी अनलाइन, चारनम्बर ।
शैक्षिक क्षेत्रमा जिल्लामै उत्कृष्ट लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.को आयोजना तथा ग्लेरियस ईन्टरनेश्नल कलेज काठमाडौंको सह–आयोजनामा लेखाई सिप सहितको निःशुल्क ‘कमाण्डो क्लास’ सम्पन्न गरिएको छ ।
हिलबर्ट बोडिङ स्कूलको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा वाणगंगा नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका ३ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । एस.ई.ई.दिने विद्यार्थीहरुका लागि काठमाडांै तथा बुटवलका दक्ष विषय विशेषज्ञहरुद्धारा विभिन्न बिषयहरुको लेखाई सीप क्षमता विकास सम्बन्धी प्रशिक्षण दिईएको थियो ।
अनिवार्य गणित, विज्ञान, सामाजिक अध्ययन बिषयहरुमा लेखाई सीप परिक्षण सम्बन्धी प्रशिक्षण दिइएको सेन्टरले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरीले विषयबस्तुमा राम्रो ज्ञान हुँदाहुँदै पनि लेख्ने सीपको क्षमताका कारण पछाडि परेको समस्यालाई मध्यनजर गर्दै आयोजना गर्नु प्रशंसनीय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाअध्यक्ष गिरीले लुम्बिनी लर्निङ् सेन्टर र ग्लेरियस क्लेजले विगतका दिनमा पनि यस्तै उदाहरणीय कार्य गरेकोले यी संस्थाहरुको पहिचान सकारात्मक रहेको बताए । उनले आफु पनि शैक्षिक क्षेत्रमा धेरै समय बिताएकाले परिक्षा दिने विद्यार्थीहरु हतोत्साहित हुन नहुने बताए ।
उहाँले शिक्षा क्षेत्र मात्र नभई सबै क्षेत्रमा प्रतिस्पर्धा रहेकाले चनाखो भई देशको शैक्षिक गुणस्तरमा विशेष गरि सबै विद्यार्थीहरुको भुमिका रहने बताए । उनले यस्ता खालका कार्यक्रमहरु गर्ने शैक्षिक संस्थालाई वडाबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Image may contain: 3 people, people smiling, people sitting and people standing


ग्लेरियस ईन्टरनेश्नल कलेजका प्रिन्सिपल दिवश शाक्यले उत्प्ररेणात्मक मन्तब्य दिँदै सम्पुर्ण विद्यार्थीहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले आरम्भ एक, अर्थ पुर्ण कदमको नारा भन्दै २६ बर्ष पुरानो कलेज भएकाले शैक्षिक गुणस्तरमा सधै लागि पर्ने बताए । शाक्यले ३४ जना विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले १ हजार ७ सय भन्दा माथिको संख्याका विद्यार्थीहरुलाई अध्यापन गराईरहेको बताए ।
सेन्टरका प्रबन्धक असिम कंडेलले लुम्बिनी लर्निङ सेन्टरले एउटा बन्द कोठामा मात्र नभई जिल्ला तथा राष्ट्रमै शैक्षिक पहिचान बनाउनका लागि समयसापेक्ष रुपमा अगाडि बढ्दै आईरहेको र आगामि दिनमा पनि यस्तै रचनात्मक र सिर्जनात्मक कार्यहरु गर्दै जाने बताए । उनले नाफा भन्दा पनि यस क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर प्रदान गर्नु तथा गरिब, जेहेन्दार तथा पछाडि परेका विद्यार्थीहरुलाई निःशुल्क सेवा प्रदान गर्ने सेन्टरको उद्देश्य रहेको बताए । प्रबन्धक कडेलले एस.ई. ई.परिक्षाको पुर्व सन्ध्यामा पनि विद्यार्थीहरु सहभागी राईदिएकोमा सम्पुर्ण विद्यालय, प्रशिक्षक, अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा लेखाई सीप क्षमतामा अभिवृद्धिका लागि अनिवार्य विज्ञान विषयमा ग्लेरियस ईन्टरनेश्नल कलेज काठमाण्डौका विज्ञान विषय विभाग प्रमुख तथा त्रिभुवन विश्वबिद्यालयका विज्ञान शिक्षक गोपाल बहादुर महतले प्रशिक्षण दिएका थिए ।
अनिवार्य गणित विषयमा ग्लेरियस कलेज तथा त्रिभुवन विश्व बिद्यालयका शिक्षक हिमाल बेल्बासे तथा सामाजिक अध्ययन विषयमा होराईजन उच्च मावि बुटवलका सामाजिक विभाग प्रमुख प्रकाश गौतमले प्रशिक्षण दिएका थिए ।
परिक्षा नजिकिदै गर्दा लेखाई सिप सम्बन्धी प्रशिक्षणमा भाग लिन पाउदा अलमल तथा दोधार मेटिएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । विद्यार्थीहरुले अन्य दिनमा पनि यस्ता कार्यक्रममा भाग दिने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा लुम्बिनी लर्निङ सेन्टरका शैक्षिक निर्देशक नविन चौधरी, भाषा प्रशिक्षक प्रकाश मल्ल, हिलबर्ट बोडिङका मावि तह संयोजक डिल्लीराज पाण्डेले शुभकामना मन्तब्य दिदै यो कार्य उदाहरणीय रहेको बताए । भाषा प्रशिक्षक प्रकाश मल्लको स्वागत मन्तब्य तथा सञ्चारकर्मी हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
सेन्टरले विभिन्न शैक्षिक क्रियाकलाप संगसंगै विद्यार्थीहरुमा अतिरिक्ति क्रियाकलापको क्षमता विकास गर्ने खालका विभिन्न कार्यक्रम निरन्तर रुपमा गर्दै आईरहेको छ ।

Image may contain: 4 people, including RJ Aalok and Tej Prasad Acharya, people standing

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : २० बजे