बुटवल ।
नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि नेपाली काँग्रेस रुपन्देहीले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने जनाएको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले रुपन्देही निवासी स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने बताएका हुन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि समेत रहेका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापति रज्जाकले बताए । २०४६ सालाको जनआन्दोलनदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुई पटक क्षेत्रीय सभपपति भएका थिए ।
२०५४ सालमा रुपन्देहीको साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वा्चित भएका थिए । २०७४ को माघमा राष्ट्रिय सभा सदस्यमा भएका थिए ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको ५० वर्षको उमेरमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफनै निवासमा उपाध्यायको आज बिहान निधन भएको थियो ।
२ फाल्गुन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया