स्याङ्जा।
पोखराबाट बुटवल जाँदै गरेको यात्रुवाहक बस गल्याङमा दुर्घटना भएको छ । लु १ ख ४६९१ नम्बरको बस शुक्रबार दिउँसो सिद्धार्थ राजमार्गको गल्याङ् नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते सबैको ल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते अधिकांशको हात र खुट्टामा चोट लागेको छ।
बसका चालक रामकृष्ण श्रेष्ठले सडकको खाल्टोमा टायर पर्दा पट्टा भाच्चिएर दुर्घटना भएको बताएका छन् । बस सडक छेउमा रहेको ढिस्कोमा ठोक्किएकाले मानवीय क्षति हुनबाट जोगिएको छ।
प्रतिक्रिया