९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संसदमा प्रधानमन्त्रीको सम्बोधन आज नहुने



काठमाडौं ।

प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।
आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो । तर राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  २ : २६ बजे