९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घुस लिएको आरोपमा नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगी पक्राउ



नवलपरासी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहीबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  २ : २२ बजे