९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केभिनले ईपीएल चौथो पनि काठमाडौंबाटै खेल्ने



काठमाडौं ।
टेस्ट मान्यताप्राप्त आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रायनले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० पनि काठमाडौं किङ्स-११ बाटै खेल्ने भएका छन् ।

यसअघिको तेस्रो संस्करण पनि ब्रायनले काठमाडौंबाट खेलेका थिए ।

केभिनले ७ खेलमा १ सय ८४ रन बनाउदै ९ विकेट लिएका थिए । उनले ३ टेस्ट, १ सय ४५ ओडीआई र ९३ टी(ट्वान्टी आई खेलेका छन् ।

केभिन आयरल्यान्डबाट टेस्टमा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी हुन् । उनले गत मेमा पाकिस्तानसँगको एक मात्र टेस्टमा १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए ।

१ सय ३३ ओडीआई इनिङमा केभिनले २ शतक र १८ अर्धशतकसहित कूल ३५ सय ४६ रन बनाएका छन् । ओडीआईमा उनले १ सय १३ विकेट लिएका छन् ।

केभिन एकदिवसीय विश्वकपमा सर्वाधिक छिटो बलमा शतक पूरा गर्ने ब्याट्सम्यान हुन्। उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

टी-ट्वान्टीमा केभिनले १ शतक र ३ अर्धशतकसहित १५ सय ९२ रन बनाएका छन्। गत अक्टोबरमा हङकङविरुद्ध ६२ बलमा १२ चौका र ७ छक्कासहित १ सय २४ रनको इनिङ खेलेका थिए। टी-ट्वान्टीमा ५८ विकेट लिएका छन् ।

यसपटक काठमाडौंले लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ भने कप्तान सोमपाल कामी चितवन टाइगर्सलाई बेचेको छ ।

यसै वर्षदेखि लागू भएको खेलाडी किनबेच नियमअनुसार सन्दीपलाई ललितपुर र दीपेन्द्रलाई चितवनबाट टोलीमा भित्र्याएको हो ।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : २२ बजे