गुल्मी ।
गुल्मीमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाको उम्मेदवारी परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं तीनमा रहेको धर्मपुर माध्यमिक विद्यालयमा ४१ जनाले उम्मेद्धारी दर्ता गराएको विद्यालयका प्रधानाध्यपक बलबहादुर राहाडीले जानकारी दिनुभयो ।
राहाडीकाअनुसार सहमतिमा विद्यालय ब्यबस्थापन समितिको गठन गर्नका लागि अधितम पहल गर्दा समेत सहमतिको आधारमा गठन गर्न नसकिएकाले गाउँपालिकाको कार्यलयमा निर्वाचनका लागि पत्रचार गरेको भन्दै फागुन १० गते निर्वाचनका लागि तयारी गरेको जानकारी दिनुभयो ।
विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि सोही विद्यालयका पुर्व प्रधानाध्यपक लोकबहादुर रानासहित राजनीतिक दलका स्थानीय नेताहरुको समेत उम्मेदवारी परेको विद्यालयले जनाएको छ । पछिल्लो समयमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि राजनीतिक दलहरुले बिशेष चासो देखाएको पाइएको छ ।
नेपाल कम्युनिष्ट पाटी नेकपाबाट लोकबहादुर राना, काग्रेसको तर्फबाट कुल सिंह त्रामू, नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीको तर्फबाट टीका रानालगायत अन्य रहेको पाइएको छ । यस्तै गरी राष्ट्रिय जनमोर्चाको तर्फबाट टेकबहादुर श्रीसको नाम आएको त्यहाँका स्थानीयहरुले जनाउँदै आएका छन् । प्राय सबैले विद्यालयको हकहितको निम्ति केही उल्लेख्य मात्रामा देखिने गरी काम गर्ने आफूहरुको इच्छा रहेको बताउँदै आएका छन् ।
१ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया