मायादेवी अनलाइन, चारनम्बर ।
स्वास्थ्य चौकी विहिन वाणगंगा नगरपालिकाका चार वडामा विहीबारदेखि सेवा शुभारम्भ गरिएको छ । नगरका ११ वडा मध्ये वडा नं. १, वडा नं. ३, वडा नं. ६ र वडा नं. ७ स्वास्थ्य चौकि विहिन थिए । विहीबार नगरपालिकाले यी चार ओटै वडाबाट स्वास्थ्य सेवा शुभारम्भ गरेको हो ।
नगरको बार्षिक कार्यक्रम अन्तर्रगत चार वटै वडामा स्वास्थ्य सेवा सुरु गरिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । प्रत्येक वडामा घरभाडा लिएर एक÷एक जना अनमी, नर्स लगायतको दरबन्दी कायम गरि सेवा सुरु गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
स्वास्थ्य चौकीको नगर प्रमुख मंगल प्रसाद थारु र उप–प्रमुख चक्रपाणी अर्यालको उपस्थितीमा शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
वडा नं. १ र वडा नं. ३ मा नगर प्रमुख थारुले फरक फरक समयमा स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो ।
यस्तै वडा नं. ६ र वडा नं. ७ मा नगर उप–प्रमुख अर्यालको उपस्थितीमा स्वास्थ्य सेवा शुभारम्भ गरिएको बताइएको छ ।
वडामा स्वास्थ्य चौकी स्थापना भएपछि सम्बन्धित वडाका वडाबासी खुसी भएका छन् । वडा भित्र स्वास्थ्य चौकी नहुँदा सर्वसाधारणले राज्यले दिने निशुल्क औषधि पनि नीजि क्लिनिकमा गएर किन्नुपर्ने बाध्यता थियो ।
१ फाल्गुन २०७६ बिहिबार ००:००
12
Shares
प्रतिक्रिया