९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

करेन्ट लागेर कपिलवस्तुमा ६ वार्षिय बालिकाको मृत्युु



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा करेन्ट लाग्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको हो । मायादेवी गाउँपालिकाको गगापुर (भैसकुन्डा) का बिजय कुमार पासीकी ६ बर्षीय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय कक्षा १ मा अध्यनरत थिइन । घरबाट बिद्यालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुँदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त हेन्ड पम्पमा जडान रहेको मोटरबाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भई करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन । घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिएको छ । घटनापछि बालिका पढ्ने बिद्यालयले एक विज्ञप्ती जारी गरि समबेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  १ : ५८ बजे