९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना आतंकः एकैदिन मात्रै २४२ जनाको मृत्यु, १४ हजार ८४० जनामा संक्रमण पुष्टि



एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको छ।

नोवेल कोरोना संक्रमणको इपिसेन्टरका रुपमा रहेको चीनको हुबेइ प्रान्तमा भाइरसका कारण एकै दिन ज्यान गुमाउनेको संख्या नयाँ उचाईमा पुगेको छ ।

चिनियाँ अधिकारीका अनुसार हुबेइमा नोवेल कोरोनाका कारण बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाका कारण यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या गएको सोमबार एकै दिन १०३ ले बढेको हो । आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो।

नोवेल कोरोना संक्रमण पनि ठूलो संख्यामा बढेको छ । बुधबार एकै दिन १४ हजार ८४० जना भन्दामा संक्रमण पुष्टि भएर उपचार सुरु गरिएको हुबेइका अधिकारीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : २१ बजे