९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज नवौँ विश्व रेडियो दिवस, कपिलवस्तुमा पनि विशेष कार्यक्रम हुँदै



काठमाडौ ।
विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा रेडियो र विविधता भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको झण्डै एक सय वर्ष भएको छ । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । यसैबीच दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ जिल्ला समन्वय कपिलवस्तुले आज चारनम्बरमा कार्यक्रम आयोजना गरेको छ । विहान १० बजे कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा जिल्लास्थित रेडियोकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती रहने छ । कार्यक्रममा रेडियो र विविधता सम्बन्धि विषयमा छलफल गरिने अकोराव समन्वय समिति कपिलवस्तु संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : १८ बजे