९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा जनयुद्ध दिवस सप्ताहव्यापी मनाईदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी पार्टी (नेकपा) कपिलवस्तुले आफ्नो २५ औं जनयुद्ध दिवस भव्यताका साथ मनाउने भएको छ । हालै बसेको नेकपा जिल्ला कमिटिको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाइने निर्णय भएको हो । जिल्ला सचिव रामचन्द्र शाहका अनुसार फागुन १ गते देखि ७ गते सम्म जनयुद्ध सप्ताह जिल्लास्तर देखि वडास्तर सम्म मनाइने छ ।
फागुन १ गते जिल्लाले बाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पसको सभाहलमा दिवसको आयोजना गर्दैछ । दिवसलाई सम्बोधन गर्न नेकपा स्थायी समिति सदस्य तथा प्रतिनिधी सभा सांसद चक्रपाणी खनाल (बलदेव) आउने कार्यक्रम रहेको बताइएको छ ।
यसै गरि नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति डोरप्रसाद उपाध्याय, नेकपा प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, संघीय, राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरुको उपस्थिती हुने बताइएको छ ।
“हामिले २५ औं जनयुद्ध दिवस भव्यताका साथ आयोजना गर्न जिल्ला, नगर, वडा देखि सम्पूर्ण भातृ संगठनका सदस्यहरुलाई सहभागी गराउदैछौ सचिव शाहले भन्नुभयो ।” ११ बजेबाट सुरु हुने शुभकामना आदानप्रदान एंव चियापान कार्यक्रमम ११ बजे बाट सुरु हुने र यसमा जिल्लाका सरोकारवाला सबैलाई सादर आमन्त्रण गरिएको उहाले बताउनुभयो ।
जनयुद्ध सप्ताहभरी जिल्लाका विभिन्न तहहरुमा रचनात्मक कार्यक्रम, शुभकामना कार्यक्रम, प्रशिक्षण, सभाहरुको आयोजना गरिने बताइएको छ । सोहि क्रममा विभिन्न पार्टीहरु परित्याग गरि आएकाहरुलाई नेकपामा प्रवेश गराइने कार्यक्रमहरु समेत आयोजना गर्ने बताइएको छ ।
जनयुद्ध सप्ताहकै अवसर पारेर नेकपा कपिलवस्तुको प्रचार प्रसार तथा प्रकाशन समितिले १ दिने प्रशिक्षण आयोजना गर्ने भएको छ । फागुन ३ गते बुद्धभूमि नगरपालिकामा जिल्ला प्रचार प्रसार समिति सदस्यहरु, प्रेस संगठन नेपाल केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरीय समिति, नगर स्तरीय प्रचार प्रसार तथा प्रकाशन समिति सदस्यहरुलाई प्रशिक्षण आयोजना गरिएको समिति संयोजक एल.पी. बेल्बासेले जानकारी दिनुभयो ।
यसै गरि प्रेस संगठन नेपाल कपिलवस्तुले पनि जनयुद्ध सप्ताहकै अवसरमा नव निर्वाचित प्रेस संगठन जिल्ला कार्यसमिति सदस्यहरुलाई शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने बताएको छ । जिल्ला संयोजक डिलाराम भुसालका अनुसार कार्यक्रममा प्रेस संगठनमा आबद्ध जिल्लाका ७४ जना पत्रकारहरुको सहभागितामा कार्यक्रम गरिने छ ।
उक्त अवसरमा पत्रकार आचारसंहिता सम्बन्धि अभिमुखिकरणका साथै तत्कालिन प्रेस सेन्टरद्धारा स्थापित सिपी शर्मा स्मृती पत्रकारिता पुरस्कार समेत वितरण गरिने कार्यक्रम रहेको संयोजक भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ११ : १६ बजे