९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नवलपरासीमा ट्याक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते



नवलपरासी ।
पूर्वी नवलपरासीको बुलिंगटार गाउँपालिकामा गएराती भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।बुलिगंटार गाउँपालिका–३ मा डाडाँझेरीको छरछरेबाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका–३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा ५० वर्षीय यमसिहं सारु मगर, ३२ वर्षीया नरबहादुर सुस्लिगं मगर, २५ वर्षीय नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र ४५ वर्षीय पूर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ । सो दुर्घटना साँझ ८ बजे तिर भएपनि बिकट गाउँको भित्री कच्ची सडक भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ८ : २९ बजे