९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दिल्लीमा आम आदमीको पल्लाभारी, बढारियो कांग्रेस !



एजेन्सी ।
एकपटक फेरि पनि अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी दिल्लीको सत्तामा पुग्ने सुनिश्चित भएको छ ।
दिल्लीको ७० विधानसभा सीटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याएको छ । आम आदमीले ७० मध्ये ६२ सिटमा जित हात पारेको छ । भाजपाले ८ सिट जितेको छ । कांग्रेस भने बढारिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जितमा लागि अरविन्द केजरीवाललाई बधाई दिएका छन् । उनले आज साँझ ट्वीट गर्दै केजरीवाललाई बधाई दिएका हुन् ।
सन् २०१३ मा भएको विधानसभामा निर्वाचनमा आम आदमीले २८ सिट जितको थियो । आठ सिट जितेको कांग्रेससँग मिलेर केजरीवालले सरकार बनाएका थिए । तर सरकार लामो समयसम्म टिक्न सकेन ।
तर आम आदमीले सन् २०१५ मा ७० विधानसभा सिटमध्ये ६७ मा जित हात पारेको थियो। बाँकी तीन सिट भने भाजपाले जितेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  १० : ३४ बजे