९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जेसिज कपिलवस्तुको पदभार ग्रहण पछि खत्रीले भनेः ‘कठिन परीक्षाको घडीमा छु’



मायादेवी अनलाइन, चारनम्बर ।
जेसिस वर्ष २०२० कपिलवस्तुका अध्यक्ष मनोज कुमार क्षेत्रीले असल नेत्रृत्वको परीक्षा विधिको शासनको जगमा हुने बताउनु भएको छ । जेसिस वर्ष २०२० को २० औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रममा पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष खत्रीले सो कुरा बताउनु भएको हो ।
पदभार ग्रहण गरेपछि मायादेवी अनलाइनसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष खत्रीले हरेक असल नेतृत्वको असली परीक्षा उसको क्रियाकलापमा भर पर्ने बताउनु भयो । जेसिज भनेको विधिको शाषनको जगमा हिँड्ने विश्वका लाखौँ समाजसेवी र युवाहरुको संस्था हो । यसमा अलिकति पनि च्यूत हुनेले कुशल नेतृत्व गर्न सक्दैन उहाँले भन्नुभयो “म यसै परीक्षाको कठिन घडीमा छु । विगतमा पनि राम्रा कामहरु जेसिजको टिमले गरेको छु । मैले पनि केही नयाँ र सिर्जजशिल कामहर गर्नेछु ।”
विवादकाबीच आफु अध्यक्षमा चयन भएकाले राम्रो काम गर्ने दायित्व स्वभाविकरुपमा रहेको बताउँदै उहाँले जेसिजमा मिडियामा आएजस्तो केही नभएको बताउनु भयो । उहाँले नेतृत्व चयन गर्दा सामान्य कुरा हुनु सामान्य भए पनि केही मिडियाले जेसिजको बारेमा गलत पैरवी गरेको बताउँदै सामान्य रुपमा बुझ्न सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्यमा सकिएको पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष खुमानन्ख घिमिरेले खत्रीलाई पद हस्तानतरण गर्नुभएको थियो भने खत्रीले सपथ ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य घिमिरेले देशलाई बोक्ने शक्ति युवा भएको बताउनु भयो । जेसिजले मुलुकभर थुप्रै नेतृत्व गर्ने युवा जन्माइसकेकोले कपिलवस्तुमा जेसिजले युवाहरुलाई समाज रुपान्तरणमा लगाउने विश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रको संरचना राम्रो बनाउन नविनतम युवा सोँच र राष्ट्रियता जरुरी रहेको भन्दै उहाँले सोचको संरचना बदल्न आवश्यक रहेको बताउनु भयो । संविधान सभा सदस्य बलाराम अधिकारी, जेसिज बर्ष २०१९ का कार्यकारणी उपाध्यक्ष रमेश चन्द भुसाल लगायतले युवाहरुले संस्कार सिक्न जरुरी रहेका बताउनुभयो ।
जेसिज वर्ष २०१९ का खुमानन्द घिमिरेको अध्यक्षता, कार्यक्रम संयोजक चन्द्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रमको संञ्चालन सुनिल पाण्डेले गर्नु भएको थियो । जेसिज वर्ष २०१९ का अध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै कार्यक्रममा खर्च गर्ने परम्परा तोड्न आफुले सरल तरिकाले कार्यक्रम गरेको बताउनु भयो ।
उहाँले यस्ता कार्यक्रममा हुने फजुल खर्चले समाजमा राम्रो छाप नपारेको भन्दै मायाको चिनो लगायतमा हुने खर्च तीन जना मिर्गौला पिडितलाई बाँड्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष, २०१९ का निर्वाचन संयोजक कृष्णराज अर्याल, पुर्व अध्यक्ष पोष्टराज गौतम, यज्ञ प्रसाद भट्टराई, शारदा नगर जेसिज वर्ष २०१९ का अध्यक्ष सन्तोष घिमिरे, महासचिव प्रविन पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, मानार्थ सदस्य दोर्णराज सुवेदी, पूर्व अध्यक्ष सुन्दर पाण्डे लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ८ : २८ बजे