९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एकदिवसीयमा भारतमाथि न्युजिल्यान्डको क्लिन स्विप



एजेन्सी ।
भातरसँगको एकदिवसीय सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ । मंगलबार भएको तेस्रो एकदिवसीयमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गरेको हो ।
भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाउँदै ३०० रन बनायो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिल, हेनरी निकोलस र कोलिन डी ग्रान्डमले अर्धशतकीय पारी खले । मार्टिनले ६६ रन बनाउँदा हेनरीले ८० रनको योगदान गरे । त्यस्तै कोलिन डी ग्रान्डमले नट आउट ५८ रन बनाए ।
बलिङतर्फ भारतका लागि युजभेन्द्र चहालले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै सर्दुल ठाकुर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।
यसअघि टस टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । भारतका लागि केएल राहुलले शतकीय पारी खेले । ११३ बल खेलेका राहुलले ९ चौका र २ छक्काको सहयोगमा ११२ रन बनाए ।
भारतका लागि शेयस अ‍ैरले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका अ‍ैरले ९ चौकाको सहयोगमा ६२ रन बनाए । त्यस्तै महेन्क पाड्यले ४३ रन जोड्दा पृथ्वी सवले ४० रन जोडे ।
बलिङतर्फ न्युजिल्यान्डका लागि हमिस बेनेटले सर्वाधिक चार विकेट लिए । जिम्मी निशम र केले जामिशनले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ५ : २७ बजे