९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सुदूरपश्चिममा कोरोनाको उच्च सतर्कता



कैलाली । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापनाको लागि पत्राचार गरेको छ ।नोवेल कोरोना भाइरससम्बन्धी रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर मन्त्रालयले पूर्व तयारी थालेको जनाएको छ ।

मन्त्रालयले अस्पतालहरूमा स्क्रिनिङ र सर्भिलेन्ससम्बन्धी व्यवस्था गर्न, उपचारका लागि छुट्टै कक्षको तयार गर्न, सुरक्षाका अन्य उपायहरू अपनाउन, प्रयोगशाला परीक्षणको व्यवस्था गर्न, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय तहको उपप्रमुखरउपाध्यक्षको संयोजकत्वमा ‘नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण समिति’ गठन गर्ने समेत सबै स्थानीय तहहरूमा पत्राचार गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  २ : ३२ बजे