९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सञ्चार माध्यमले नकरात्मक कुराको प्रचार बढी गर्न थालेः मन्त्री गिरी



रुपन्देही ।
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सकारात्मक कुरालाई जनतामाझ लैजान सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । सरकारले गरेका राम्रा कामलाई छायाँमा पार्ने गरी सञ्चारमाध्यमले नकारात्मक कुरालाई बढी प्रचार गर्ने गरेको भन्दै उनले यसले सञ्चार क्षेत्रको भूमिका समेत कमजोर बन्ने उल्लेख गर्नुभयो । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २१ औं वार्षिक साधारणसभाको सोमबार उदघाटन गर्दै मन्त्री गिरीले यस्तो बताउनुभयो ।

सञ्चारमाध्यममा जहिले पनि विरोधका कुरामात्रै आउने गरेको भन्दै उनले आफ्नो भूमिकालाई बलियो बनाएर तथ्यपरक आलोचना गर्न आग्रह गर्नुभयो । प्रदेश सभा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले पु¥याएको भूमिका उल्लेखनीय रहेको भन्दै अब समृद्धिको यात्रामा सञ्चारमाध्यमको भूमिका बढेको बताउनुभयो । राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सञ्चारमाध्यमप्रतिको विश्वसनियता गुम्न नदिई समाज रुपान्तरणको दिशामा अझै सुधार गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले सामाजिक चेतना अभिवृद्धिमा सञ्चारमाध्यमले ठूलो योगदान पु¥याएको र समुदायको सशक्तिकरणका लागि रेडियो बलियो माध्यम भएको बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ अकोरावका पुर्व अध्यक्ष मोहन चापागाईंले सहरी क्षेत्रमा प्रविधिको विकाससँगै रेडियोको भूमिका केही कमजोर भएपनि ग्रामीण क्षेत्रमा रेडियो अझैपनि शक्तिशाली माध्यमको रुपमा रहेको भन्दै अव नयाँ प्रविधिसँग रेडियोलाई पनि जोडेर लैजानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ६ : २२ बजे