९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अख्तियार नेपालगञ्‍जमा ४ सय ५८ उजुरी



नेपालगञ्‍ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा पछिल्लो ६ महिनामा ४ सय ५८ वटा उजुरी परेका छन् ।

सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार, बाँके, बर्दिया र दाङ जिल्लाबाट ४ सय ५८ वटा उजुरी परेका हुन् । बाँकेमा २ सय १०, दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको गैरेले बताए ।

तीमध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा उजुरी फछ्र्यौट भएको छ। ४ सय ५८ मध्येमा ३ सय ४७ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।

उजुरीमध्येमा सबैभन्दा बढी संघीयको छ।संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालयले जानकारी दिएको छ ।

अख्तियारको नेपालगञ्ज कार्यालयमा उजुरी पर्ने क्रम बढिरहदा जनशक्तिको कमीले अनुसन्धान छिटो हुन सकेको छैन । कार्यालयमा अहिले २८ जना दरबन्दी रहेको छ ।

अनुसन्धान अधिकृत तीन जनामात्रै छन्।प्राविधिक जनशक्ति अभाव रहेको छ । २९औं स्थापना दिवस मनाउने क्रममा अख्तियारले पत्रकारसँग अन्तरक्रिया गरेको थियो । अख्तियारले पालिकाहरुमा अन्तरक्रिया पनि गरिरहेको गैरेले बताए ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ५ : ४५ बजे