९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यु-१९ विश्वकपः किन बन्यो फाइलन खेल तनावग्रस्त ?



एजेन्सी ।
आइसिसी यु-१९ विश्वकपको फाइनल तनावग्रस्त बन्दै आइतबार राति सकिएको छ। भारतमाथि ३ विकेटको जित निकालेर बंगलादेशले पहिलो पटक युवा विश्वकपको उपाधि जित्दा दुई टिमका खेलाडीबीच भएको भनाभनले फाइनल विवादास्पद बन्यो ।

खेलका दौरान दुवै टिमका खेलाडीले एकअर्कालाई संकेत गर्दै आक्रामक व्यवहार देखाएका थिए भने कतिपय स्थितिमा भनाभन समेत भयो ।

दक्षिण अफ्रिकामा भएको फाइनलमा दुई टिमका खेलाडीले देखाएको व्यवहारलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले गम्भिर रुपमा लिएको छ । म्याच रेफ्री ग्राम लाब्रोले आइसिसीलाई घटनाबारे जानकारी दिएपछि कारबाही गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनेछ ।

’जे नहुनु पर्ने थियो त्यो भयो,’ बंगलादेशका कप्तान अकबर अलीले भने,’ठ्याक्कै के भयो त्यो मलाई थाहा त छैन। तर फाइनलमा भावनात्मक हुनु स्वभाविक हो । कहिलेकाँही खेलाडी बढी नै उत्साहित भएर हर्कत गर्न सक्छन् । युवा अवस्थामै यस्तो हुनुहुन्न । हामीले विपक्षी र खेललाई सम्मान गर्नु पर्छ।’

बंगलादेशलाई पहिलो पटक युवा विश्वकपको उपाधि दिलाउने क्रममा नटआउट ४३ रन प्रहार गरेका अलीले अघि भने,’क्रिकेट जेन्टलम्यानको खेल हो । त्यसैले मेरो टिमको तर्फबाट माफी माग्न चाहान्छु ।’

भारतका कप्तान प्रियम ग्रागले बंगलादेशी खेलाडीलाई दोष दिए ।

’हामी सजिलो अवस्थामा थियौं । खेलमा केहिले जितिन्छ कहिले हारिन्छ,’ प्रियमले भने,’तर उनीहरुको प्रतिक्रिया घिनलाग्दो थियो । मलाई लाग्छ यस्तो हुनुहुन्थेन । तर पनि ठिकै छ ।’

दुई टिमका खेलाडीबीच खेल सुरु भएदेखि नै आक्रमक व्यवहार सुरु भएको थियो । पहिलो इनिङको दोस्रो ओभरमा भारतका दिभान्सु सक्सेनामाथि बंगलादेशका तन्जिम हसन सकिबले कसिलो बलिङ गरेका थिए । त्यसक्रममा सकिबले सक्सेनाको टाउकोमाथि बल फ्याँकेका थिए । त्यसपछि दुईबीच भनाभना हुँदा अम्पायर एड्रियु होलस्टकले हस्तक्षेप नै गर्नु परेको थियो ।

यस्तै भारतका ययश्वी जैसवाल आउट हुँदा बंगलादेशकी बलर सोरीफुल इस्लामले उनलाई बाहिर जान इशारा गरेका थिए ।

खेल सकिएपछि त झन् स्थिति तनावग्रस्त बनेको थियो । मैदानमा पानी बोलत फ्याँकएको थियो भने दुई पक्षका समर्थकबीच भनाभन भएको थियो ।

खेल तनावग्रस्त बनेपछि बंगलादेशका कप्तानले दुई टिम चिरपरिचित प्रतिद्वन्द्वी भएकाले खेलाडी बढी भावुक भएको हुन सक्ने बताए ।

’यो भारत र बंगलादेश प्रतिद्वन्द्वी भएर पनि यस्तो भएको हो । किनकी हामीले केहि महिनाअघि मात्र भारतसँग यु-१९ एसिया कपमा हार बेहोरेका थियौं,’ अकबरले भने ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  १ : २९ बजे