काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।
महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहने जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २७ गते (सोमबारं)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रतिक्रिया