९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी



काठमाण्डौ ।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड २ विकेटले विजयी भएको छ ।
२ सय ५७ रनको लक्ष्य ४० बल बाँकी हुँदै ८ विकेट गुमाएर भेट्टाउँदै इंग्ल्याण्डले ३ एकदिवसीय खेलको शृँखला १–१ को बराबरीमा टुँग्याएको हो ।
इंग्ल्याण्डका जोय डेन्लीले ६६, जोय रुटले ४९ र जोन्निी ब्रिष्टोले ४३ रन बनाए । दक्षिण अफ्रिकाका एन्डिगी र ह्यान्ड्रिकसले तीन तीन विकेट लिए पनि टीमलाई जिताउन भने सकेनन् ।
पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाका डेभिड मिलरले नटआउट ६९ र एण्टोन डे ककले ६९ रन मद्दतमा ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५६ रन बनाएको थिए । इंग्ल्याण्डका आदिल रसिदले ३ विकेट लिएका थिए ।
पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी भएको थियो भने दोश्रो खेल बिना निर्णय सकिएको थियो । यी दुई देशले तीनवटा ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि खेल्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ६ : २२ बजे