८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अन्तरजातीय विवाह गर्ने जोडीलाई ’गोबर खाने’ सजाय !



एजेन्सी ।
घटना भारत, उत्तर प्रदेशको हो । प्रोत्साहित गर्नु त कता हो कता, अन्तरजातीय विवाह गरेका झाँसी जिल्लाका एक दम्पत्तिलाई सजायस्वरुप गाउँलेहरूले गोबर तथा गोमुत्र सेवन गर्ने आदेश दिए । त्यसो नगरे आठ लाख रुपैयाँ जरिवाना तिर्ने विकल्प दिइयो ।
तर, समयमै पुलिस पुगेपछि उक्त नवविवाहित दम्पत्ति थप अपमानित हुनबाट बचेका छन् । पुलिसले ६ जनाविरुद्ध कारबाही थालेको छ । गाउँलेहरूले अन्तरजातीय विवाहलाई अपराध ठर्हयाँउदै सजाय सुनाएका थिए ।
झाँसी प्रेमनगरका भूपेश यादव र आस्था जैनले पाँच वर्षअघि अन्तरजातीय विवाह गरेका थिए । भूपेशका अनुसार, दुवै परिवारको सहमतिमा विवाह भए पनि गाउँलेहरू उक्त विवाहको विपक्षमा थिए । उनीहरूलाई समाजबाट बहिस्कार गरिँदै आएको थियो।हालै भएको भूपेशकी बहिनीको विवाहमा गाउँलेहरू सामेल भएनन् ।
ग्राम पञ्चायतले भन्यो, भूपेशकी पत्नीले गोबर सेवन गरेको शर्तमा बहिस्कारको कारबाही फिर्ता लिन सकिन्छ। अन्यथा, पाँच लाख जरिवाना तिर्नू ! ’हामीले दुवै शर्त मानेनौं ’, भूपेशले भने। उक्त निर्णयविरुद्ध भूपेशले जिल्लामा लिखित उजुरी दिएपछि घटना प्रकाशमा आएको हो। गभर्नर शिवसहाय अवस्थीले ’घटनाबारे छानबीन भइरहेको, केहीमाथि कारबाही थालिएको र भूपेशका दम्पत्तिलाई सुरक्षा प्रदान गरिएको’ जानकारी दिए । भूपेशका श्रीमान(श्रीमतीलाई अन्तरजातीय विवाह गरेकै कारण गाउँलेहरूले पाँच वर्षदेखि प्रताडित गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  ७ : ०४ बजे