९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राप्ती नदीमा बेपत्ता भएका एकजनाको शव भेटियो



नेपालगञ्ज ।
पौडी खेल्न राप्ती नदीमा पसेर बेपत्ता भएका बाँकेको कोहलपुर–१२ चप्परगौडीका शिव शर्माको शव फेला परेको छ ।
शनिबार राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज खान गएका बेला राप्ती नदीमा पौडी खेल्न पसेका शर्माको शव आइतबार भेटिएको हो ।
शनिबार पिकनिकमा खानपिन पछि शर्मा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएको केही समयपछि नै उनी बेपत्ता भएका थिए । शनिबार साँझसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गरेका थिए ।
आइतबार बिहानैदेखि फेरि खोजिएको थियो । बिहान १० बजेतिर शर्माको शव भेटिएको हो । पिकनिक खाएको स्थल नजिकै शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । शर्माको शव पानीभित्र ढुंगाको खोचमा अड्किएको थियो।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  १ : ३५ बजे