८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

श्रृङ्गीघाट सामुदायिक वनको नवौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको नवौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कुलापानी हलमा सम्पन्न साधारण सभा तथा अधिवेशनमा बोल्ने अधिकांश वक्ताले श्रृङ्गीघाट सामुदायिक वन जिल्लामै नमूना बनेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिभिजन वन कार्यलय कपिलवस्तुका प्रमुख इश्वरी प्रसाद पौडेलले श्रृङ्गीघाट सामुदायिक वनका उपभोक्ताबाट कुनै किसिमको गुनासो नआएको बताउनुभयो । उहाले वनको संरक्षण र प्रर्वद्धनमा सबै एकजुट हुनुपर्ने भन्दै नीति र नियती ठिक भए सबै ठिक हुने बताउनुभयो । उहाले श्रृङ्गीघाट सामुदायिक वनबाट चोरी तस्करी पनि कम हुदै गएको भन्दै वनको संरक्षणमा लाग्न आग्रह गर्नुभयो । यस्तै विशिष्ट अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री नगरलाई समृद्ध बनाउन वन र स्थानिय तहबीच समन्वय हुनुपर्ने बताउनुभयो । उहाले सक्षम ब्यक्ती नेतृत्वमा आएमा संस्था सफल हुने भन्दै सक्षम नेतृत्व चुन्न वनका उपभोक्तालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले महिलाले नेतृत्व गरेको श्रृङ्गीघाट सामुदायिक वन देशमै नमूना बनेको भन्दै आगामी नेतृत्वपनि यस्तै जुझारु ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा, महिला अधिकारकर्मी चेतना अधिकारी, सिद्धार्थ नगर विकास समिती अध्यक्ष विष्णु थापा, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, महिला अधिकारकर्मी इन्दिरा भट्राई, वडा सदस्य कूल बहादुर सोमै, कृष्ण प्रसाद भट्राइ लगाएतले बोल्दै आगामी नेतृत्व राम्रो ल्याउन सुझाएका थिए । वनका अध्यक्ष रेनु सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शम्मर बहादुर मल्लको स्वागत र सचिव कृष्ण प्रसाद पौडेलले संचालन गर्नुभएको हो । कार्यक्रममा कोषाध्यक्ष मिरा थारुले आर्थिक वर्ष २०७५÷०७६ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव कृष्ण प्रसाद पौडेलले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबिच आजै भएको बन्द सत्रले निर्वाचन समिती गठन गरेको छ । उक्त समितीले १४ वटा टोल विकास समिती गठनगरी निर्वाचन प्रक्रिया अगाड िबढ्ने छ ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ८ : ४१ बजे