८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगामा हात्तिपाइले विरुद्ध आम औषधी सेवन कार्यक्रम सुरु



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु सहित १३ वटा जिल्लामा आज (शनिबार) बाट हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियाना सुरु भएको छ । वाणगंगा नगरपालिकामा पनि हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रम आज (शनिबार) बाट सुरु भएको हो । वाणगंगाको वडा नम्बर २ मा प्रदेश सांसद विष्णु पन्थी, नगर प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्यालले संयुक्त रुपमा औषधी खादै ६ दिने अभियानको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसाल, वडाअध्यक्ष विष्णु पौडेल लतायत सहभागीले औषधी खानुभएको थियो ।
यसैगरी गजेहडा स्वास्थय चौकी अन्तरगत ३ वटा बुथमा औषधि खुवाइएको गजेहडा स्वास्थ्य चौकी प्रमुख द्रोणप्रसाद बेल्वासेले जानकारी दिनुभयो । सामुदायिक अस्पतालबाट वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, सामुदायिक अस्पतालका डाक्टरद्धय दिपेन्द्र चन्द र प्रकाश श्रेष्ठ, दोलख पछाइले औषधि सेवनगरी अभियान सुभारम्भ गर्नुभएको हो । टोल विकास संस्था सिद्धिपुरका अध्यक्ष प्रेम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्तमको संचालन सचिव दिनेश क्षेत्रीले गर्नुभएको थियो । अभियानको उद्देश्य माथि गजेहडा स्वास्थ्यचौकी प्रमुख द्रोणप्रसाद बेल्वासेले प्रकास पार्नुभएको थियो । अभियान अन्तरगत भोलि वाणगंगा मावि, होराइजन मावि लगाएतका विदालयमा औषधी खुवाइने भएको छ ।
उता वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा पनि आम औषधी सेवन अभियान सुरु भएको छ । वडाध्यक्ष धुर्व वेल्वासेले औषधीले कुनै पनि किसिमका हानी नगर्ने बताउदै सेवन गर्न र गराउनको लागि सबैमा अनुरोध गर्नुभयो । भलवाडमा आज (शनिबार) ४ वटा केन्द्रमा २५ सय जनाले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेको भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझीले बताउनु भएको छ । भोलि हरेक विधालयमा औषधी ख्वाइने र छुटेकालाई निरन्तररुपमा फागुन १ गतेसम्म खुवाइने रायमाझीले वताउनु भयो । वाणगंगा ९ का ४ वटै केन्द्रमा नगरका उप मेयर चक्र अर्याल, नगरका सामाजिक बिकास संस्थाका संयोजक भिष्मराज भुसाल, वडाध्यक्ष धुर्व वेल्वासेले अनुगमन गरेका थिए ।

नेपालबाट सन् २०२० सम्ममा हात्तिपाईले निवारण गर्ने भनेपनि हात्तिपाइलेको औषधिबारे गलत बुझाइका कारण समस्या देखिएको छ । नेपालमिा आझै पनि १३ प्रतिशतमा यसको जिवाणु देखिएको छ । जबकी हात्तिपाइले निवारण गर्नको लागि यसको संक्रमण १ प्रतिशत हुनुपर्छ । यो अभियान ६ पटक संचालन गर्नुपर्ने भएतापनि शिक्षत ब्यक्तलेनै औषधिको सेवन नगर्दा यसको उन्मूलन हुन सकेको छैन र १२ औपटक अभियान चलाईएको छ । यसपटक औषधिको सेवन गरी आफु स्वस्थ हुन र सिंगे देशबाटनै यसको निवारण गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ८ : २१ बजे