८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एन आइ सि एसियाद्धारा उपचार वापतको बिमा रकम भुक्तानी



मायादेवी अनलाइन, कपिलवस्तु ।

एन आइ सि एसिया इमिलिया शाखाले ग्राहक औषधी उपचार वापतको बिमा रकम भुक्तानी गरेको छ । पछिल्लो पटक बैकंले ल्याएको सुपर चमत्कारी बचत खाता योजना अन्तरगत बुद्धभुमी ९ इमिलिया निवासी हिरालाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठलाई औषधी उपचार खर्च वापतको क्रमश रु ४४ हजार ६ सय ६९ र २५ हजार ३ सय ८९ वितरण गरेको हो ।
औषधी उपचार खाता बिहिवार आयोजित कार्यक्रमका विच कैकका राम कृष्ण काफ्लेको उपस्थितीमा इमिलिया शाखा प्रमुख प्रकाश शर्माले चेक हस्तारण गरेका छन् । गौतम वुद्ध मुटु अस्पतालमा उपचार गरेका श्रेष्ठ र उनकी श्रीमती बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराइरहेका छन् ।
यो योजना अन्तरगत १० लाखको दुर्घटना बिमा लगायत व्यवस्था गरिएको छ । बैंकले ग्राहकको समस्या तथा बचतकर्ताको लागि विशेष योजनाहरु लिएर ग्रामिण क्षेत्रमा गएर सेवा दिदै आएको शर्माले बताए । बिमा रकम वापत औषधी खर्चको लागि रकम पाएपछि श्रेष्ठ दम्पक्तीले उपचारमा यो रकमले निकै सहयोग हुने बताउदै बैंकलाई धन्यावाद दिए ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ७ : ३९ बजे