८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको अध्यक्षमा गैह्रे



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले डोलराज गैह्रेको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बालकृष्ण घिमिरे, सचिवमा प्रदिप घिमिरे, सह सचिवमा सरोज पन्त, कोषाध्यक्षमा महेन्द्र गौतम र सदस्यहरुमा भिमा अर्याल, भुवन ज्ञवाली, टेकनाथ चौधरी, पिताम्मर अर्याल, सुर्य प्रसाद घिमिरे र सुर्य प्रसाद कुमाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य युवराज घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै आसन्न केन्द्रिय महाधिवेशनको लागि सर्वसम्मत रुपमा केन्द्रिय प्रतिनिधी पनि चयन गरिएको घिमिरेले बताए । कार्यक्रममा नेपाली कागे्रस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले किसानको घर घरमा गएर सेवा दिने प्राविधिकलाई वर्तमान सरकारले उचित व्यवस्थापन गर्न नसकेको तथा भेदभाव पुर्ण व्यवहार गरेको भन्दै आपत्ती जनाए ।
कृषि संग सिधै जोडिएर काम गर्ने नेल्टाका सदस्यहरुको सेवा बृद्धि तथा काममा अवरोध गरेमा कागे्रसले त्यस्ता तत्वहरु प्रति आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै कार्यक्रममा वोल्दै नेल्टाका केन्द्रिय अध्यक्ष जनक बहादुर रावलले देशभरि छरिएर रहेका पशु स्वास्थ्य प्राविधिकहरुको हक हितको लागी संगठन सधै लाग्ने र प्राविधिकहरुको हकहित र संरक्षणको लागी संगठन लाग्ने बताए ।
त्यस्तै महासचिव सुरेश श्रेष्ठले लोकतन्त्रमा सबैका माग राख्ने अधिकार रहेको वेला लोकतन्त्र वादी प्राविधिकहरुलाई सत्तापक्षले दास्रो आखाले हेरेको बताए । कार्यक्रममा नेल्टाका उपाध्यक्ष छविलला भट्टराई, निजामति कर्मचारी संघका मोहन नेपाल, गोविन्द प्रसाद वस्याल, धनेश्वर खनाल, ऐश्वय आर्चाय, लक्ष्मण घिमिरे लगायतले कृषि र पशुपालनमा नेल्टाको योगदान र नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकानना व्यक्त गरे । नव निर्वाचित अध्यक्ष डोलराज गैह्रेले संगठलाई साझा संगठनको रुपमा लाने र ग्रामिण क्षेत्रमा रहेका पशुपालक किसानहरुको समस्या समाधान गरी उन्नत पशुपालन तर्फ सहयोग गर्न आफु र कार्य समिति लाग्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ७ : २३ बजे