८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ढुक्क भएर हात्तिपाइले विरुद्धको औषधी सेवन गर्नुसः मेयर श्रेष्ठ



दीपा महत, जितपुर ।
कपिलवस्तु सहित १३ वटा जिल्लामा आज (शनिबार) बाट हात्तिपाइले रोग विरुद्धको औषधी सेवन अभियाना सुरु भएको छ । सन् २०२० सम्म नेपाललाई हात्तिपाइले (फाइलेरिया) रोग मुक्त बनाउने भनिएतापनि विभिन्न १३ वटा जिल्लामा यसको जोखिम रहेको छ । आज (शनिबार) कपिलवस्तुका सबै स्थानिय तहबाट अभियानको शुभारम्भ गरिएको हो । जस अनुसार बुद्धभूमी नगरपालिकामा पनि अभियानको शुभारम्भ गरिएको छ । नगरप्रमुख केशव कुमार श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले संयुक्त रुपमा औषधि सेवन गरि वडा नम्बर १ बसन्तपुरबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको शुभारम्भ गर्दै नगरप्रमुख श्रेष्ठले कुनै बाहानाबाजी नगरी औषधिको सेवनगर्न आग्रह गर्नुभयो । हात्तिपाइले विरुद्धको औषधी स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानीमा खुवाइने भएकाले ढुक्क भएर खान सबैमा आग्रह गर्नुभयो । सरकारले हात्तिपाइले विरुद्धको औषधि फ्रिमा वितरण गर्ने भएकाले कतिपयले भ्रमछर्ने काम गरेको भन्दै त्यसको पछि नलाग्न उहाले आग्रह गर्नुभयो । उहाले हात्तिपाइले रोग निवारण गर्न संचार माध्यमको पनि महत्वपूर्ण भूमिका रहने भन्दै यसबारे सचेतना फैलाउन आग्रह गर्नुभयो ।
यस्तै वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले औषधीको सेवनगरी यस रोगबाट बच्न आग्रह गर्नुभयो । उहाले वडाबासी मात्र नभई सम्पूर्ण जिल्लाबासीले औषधीको सेवनगरी कपिलवस्तुबाट हात्तिपाइले रोगको निवारण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुद्धभूमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोल विक्रम बेल्वासे, महोन्द्रकोट स्वास्थ्यचौकी प्रमुख रामनारायण गुप्ता, कार्यपालिका सदस्य कमला चौधरी, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ८ : ०९ बजे