८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सुदूरपश्चिमका पहाडमा लगातार दुईपटक भूकम्पको धक्का



बैतडी ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३।७ रेक्टर स्केलको र दोस्रो ५।३ रेक्टर स्केलको गएको हो। पहिलो भूकम्पको केन्द्रविन्दु बझाङ र दोस्रोको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको शाहले बताइन्। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको छैन।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ८ : ११ बजे