८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

खेल मिलेमतो गर्ने पाकिस्तान क्रिकेटरलाई जेल सजाय



काठमाडौं ।
खेल मिलेमतोको आरोपमा दोषी पाइएपछि पाकिस्तानका ब्याट्सम्यान नासिर जमशेदलाई जेल सजाय सुनाइएको छ ।
पाकिस्तानको राष्ट्रिय टिमको पूर्व सदस्य रहेका जमशेद गएको वर्षको फेब्रुअरीमा पक्राउ परेका थिए।
उनीसँगै युसेफ अनवर र मोहम्मद इजाजलाई पनि खेल मिलेमतोको आरोपमा पाकिस्तानको नेशनल क्राइम एजेन्सीले पक्राउ गरेको थियो ।
सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा म्याचफिक्सिङ्ग गर्न अरु खेलाडीलाई पनि जमशेदले उक्साएको खुलेको छ । उनले केही बलमा रन नलिन र त्यसबापत ३० हजार पाउण्डस्ट्रलिङ्ग बाँडेर लिने गरी खेलाडीलाई उक्साएका थिए ।
तीनै खेलाडीले अपराध स्वीकार गरेपछि उनीहरुलाई जेल सजाय भएको हो । सन् २०१६ मा भएको बंगलादेश प्रिमियर लिगमै उनीहरुले खेल मिलोमतो गर्ने प्रयास गरेका थिए, तर सो योजना सन् २०१८ को पिएसएलमा आएर सफल भएको देखिएको हो ।
राष्ट्रिय टिमबाट ६० भन्दा बढी खेलमा सहभागी भएका जमशेदलाई १७ महिनाको जेल सजाय भएको छ । यस्तै अनवरलाई ४० महिना तथा इजाजलाई ३० महिनाको जेल सजाय भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ७ : ०७ बजे