७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नगरस्तरीय ‘हिज्जे’ प्रतियोगितामा ज्ञानपुञ्ज प्रथम



मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरस्तरीय ‘हिज्जे’ (स्पेलिङ कन्टेस्ट) प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ स्कुल राजपुर प्रथम भएको छ । यसैगरी युनाईटेड स्टुडेन्ट्स एकेडेमी द्धितिय भएको छ भने आवर विज्डम मावि बैरिया तृतिय भएको छ । युनाईटेड स्टुडेन्ट्स एकेडेमीको आयोजनामा वाणगंगा नगरपालिका अन्तरगतका निजी विद्यालयहरु बीच नगर स्तरीय स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) गरिएको थियो ।
प्रतियोगितामा नगरका १४ वटा निजी विद्यालयको सहभागीता रहेको थियो । विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गर्दै उनिहरुलाई विभिन्न क्षेत्रमा अब्बल बनाउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका एमडि राजु अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सामाजिक विकास शाखा प्रमुख तथा शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नुभएको हो । उहाले यो प्रतियोगिता जिल्लामै नौलो भएको भन्दै यस्तो कार्यक्रम ल्याएकोमा विद्यालयलाइ धन्यवाद दिनुभयो ।


प्रतियोगिताले विद्यार्थीको ब्यक्तीगत क्षमता प्रष्फुटन हुने उहाको विशवास छ । विद्यालयका एमडि राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रिन्सीपल शोभाखर भुसाल, सोनु शर्मा र सिर्जना पौडेलले गर्नुभएको थियो । कार्यक्रममा ज्ञानपुञ्जका प्रिन्सीपल रोमकान्त घिमिरे, चिल्ड्रेन्ज प्याराडाइजका प्रिन्सीपल केशव सापकोटा, गोल्डेन होराइजनका प्रिन्सीपल दिपक अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय स्तरमा संचालन गर्दै आएको उक्त प्रतियोगिता जिल्लामा पहिलो पटक संचालन गरिएको हो ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ७ : ५१ बजे