८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उच्च अदालत बुटवल इजालसको फैसला वाणगंगाको पक्षमा



मायादेवी अनलाइन, चारनम्बर ।
उच्च अदालत बुटवल इजालसको फैसला वाणगंगाको पक्षमा आएको छ । अदालतले गत माघ १७ गते ठेक्का रद्ध गर्न दिएको अन्तीम आदेश खारेज गरे संगै फैसला नगरपालिकाको पक्षमा आएको हो ।
नगरपालिकाले माघ १५ गते बुधबार दोस्रो पटकका लागि नदीजन्य पदार्थको ठेक्का खुलाएको थियो । पहिलो पटक खुलाइएको ठेक्का पहिलो पक्ष एनवि कन्स्ट्रक्सन र दोस्रो पक्ष ओम सत्य साईले पाएपनि उनीहरुले ठेक्का लिन अस्विकार गरेका थिए ।
यी दुई फर्मले ठेक्का नलिने बताएपछि नगरपालिकाले राजश्वमा कमी आउने र जनताको भावना विपरित जान नहुने भन्दै तेस्रो पक्षलाई ठेक्का नदिने बरु पहिला खुलाइएको ठेक्का रद्ध गर्ने निर्णय गरेको थियो ।
तर, नगरपालिकाको निर्णय प्रति असन्तृष्टि जनाउँदै ठेक्काको तेस्रो पक्ष रवि निर्माण सेवाले उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा रिट दायर गरेका थिए । उक्त रिटको फैसला आज भएको हो । उच्च अदालतले तत्काल खोलिएको ठेक्का रद्ध गर्न माघ १७ गते अन्तरिम आदेश दिएको थियो । १७ गते गरेको आदेको अदालतले आज खारेज गरिदिएको हो ।
आज दुवै पक्षबीच छलफल भएको र अदालतको फैसला नगरपालिकाको पक्षमा आएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ४ : १४ बजे