८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मुसलधारे पानी परेपछि अस्ट्रेलियाको न्यु साउथ वेल्समा लागेको एक तिहाइ आगो निभ्यो



एजेन्सी ।
अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ । लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् । तर मौसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् । गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गैसकेको छ भने एक करोड हेक्टर जमिनमा क्षति पुगिसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  २ : १२ बजे