काठमाडौँ ।
नेपाली कांग्रेसले शुक्रबार (आज ) पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका छन् । कांग्रेसका सांसद आफ्नो सिटबाट उठेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका छन् । त्यसपछि सभामुखले कांग्रेस सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । विश्वकर्माले अख्तियारको दुरुपयोग अनुसन्धान आयोगले आफ्नै अख्तियारको दुरुपयोग गरेको आरोप लगाए ।
कसुरदारहरुले उन्मुक्ति पाउने, निर्दोषहरुले थुनिनुपर्ने अवस्था भएको उनले बताए ।
२४ माघ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया