८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एमसीसी बारे (नेकपा) वरिष्ठ नेता नेपाल र राजदूत बेरीबीच शिष्टाचार भेटघाट



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूर्त याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ। नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो । नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो ।
सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताए । नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिए । उनीहरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ८ : २८ बजे