८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दूषित पानीले निम्तिन्छ यस्ता समस्या



मायादेवी अनलाइन, कपिलवस्तु ।
दूषित पानीले मानव स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ । झाडापखाला, जन्डिस, टाइफाइड, फुड पोइजनिङजस्ता समस्याको जोखिम बढाउँछ ।
-जार तथा बोतलको पानी पनि सुरक्षित हुँदैन, यसमा केमिकलमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च मात्रा भएमा दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
-दूषित पानीमा पाइने इकोलीनामक ब्याक्टेरिया स्वास्थ्यका लागि निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकीजस्ता रोगको जोखिम उच्च गराउँछ ।
-धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिने भएकाले इन्सेफ्लाइटिस, औलो र हैजाजस्ता महामारी फैलन सक्छ ।
-तरकारी बाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
-कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदूषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या देखा पर्छन् । यस्ता समस्या चिसो मौसममा बढी देखिने गरेका छन् 
बच्ने उपाय

-ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
-लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनु हुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
-पिउने मात्र नभएर फलफूल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुन आवश्यक छ ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ६ : ३३ बजे