८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनीमा माघ २४ गतेदेखि बौद्ध महोत्सव हुने



बुटवल ।
लुम्बिनीमा तीन दिने अन्तर्रा्ष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो ।
माघ २४ गतेदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हुँदैछ । बौद्ध कला, संस्कृति र साहित्य महोत्सव नेपालमै पहिलो पटक आयोजना हुन लागेको हो । महोत्सवकै अवधिमा मोलाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । महोत्सवको पहिलो दिन माघ २४ गते विहान लुम्बिनीमा शान्ति दौड हुँदैछ । दौडमा करिव ५ सय जनाको सहभागिता रहने भएको छ
शुक्रबार बिहान ११ बजे महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषको सभाहलमा हुने विश्वविद्यालयले जनाएको छ ।
शुक्रबारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाविहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्ध धर्म, संस्कृति सम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ । विहान ११ बजेदेखि नै साँझसम्म बौद्ध सांस्कृतिक कार्यक्रम तय गरिएको छ । सभाहलमा हुने सो कार्यक्रममा बौद्ध धर्म र संस्कृति झल्किने नृत्यहरु गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रास लगायतका कार्यक्रम हुनेछन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ७ : ४९ बजे