८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्थानिय स्तरमा पाइने जडिबुटिबारे परिचयात्मक कार्यक्रम सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।
स्थानिय स्तरमा पाइने विभिन्न जडिबुटि तथा तिनको महत्वबारे जानकारी गराइएको छ । विशेषगरी आफ्नै घर आगनमा हुने जडिबुटीको पहिचानका साथै वाणगंगाको वडा नम्बर ८ मा रहेको मोतिपुर आयुर्वेद औषधालयमा पाइने सेवा सुविधाको बारेमा सरोकारवालालाई जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले स्थानिय स्तरमा रहेको जडिबुटी लाई चिनेर त्यसको प्रयोग गर्न सके यसले फाइदा गर्ने बताउनुभयो । प्रमुख अतिथी समेत रहनु भएको मेयर थारुले यस प्रकारका कार्यक्रमहरु आगामी दिनमा अन्य वडामा पनि गर्ने र स्थानियलाई जडिबुटिको महत्वबारे जानकारी गराउने बताउनुभयो ।
कार्यक्रममा कविराज निरिक्षक डाक्टर रोमहर्ष नेपालले आयुर्वेदको संगठनात्मक संरचना प्रयोग महत्व र संरक्षणबारे जानकारी गराउनुभएको थियो । यस्तै आयुर्वेद चिकित्सक विजय भुर्तेलले स्थानिय स्तरमा पाइले जडिबुटीको महत्व, प्रयोग र संरक्षणका उपाय बारे जानकारी गराउनु भएको थियो । उहाले बजारमा गाडीमा ल्याउने औषधीको सेवन नगर्न पनि आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्य संग खेलवाड नगर्न पनि उहाले आग्रह गर्नुभएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधी भुसालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर चक्र अर्याल, प्रमुख प्रसासकिय अधिकृत चुरामणी पन्थी, शिक्षा प्रमुख बाबुराम भट्राइ लगाएतको उपस्थिती रहेको थियो । वैद्य निरिक्षक मोहन गौतमले स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन आयुर्वेदि शाखा प्रमुख तेज बहादुर सोमैले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय परम्परागत स्वास्थ्यकर्मि, अगुवा कृषक, सामुदायिक वन उपभोक्ता, स्थानिय आमा समुह समाजसेवी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी बनेको सहभागीले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ७ : ४३ बजे