८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

समाजमा कृषि पेशा अगाल्नेलाई भन्दा कुकुर पाल्नेलाई इज्जत गर्न थालियोः सोमनाथ अर्याल



मायादेवी अनलाइन, चारनम्बर ।
वडा अध्यक्ष सोमनाथ अर्यालले समाजमा किसानलाई अपहेलना गरिन थालिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । वाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्यालले आजभोलि समाजमा कृषि पेशा अंगालेकालाई हेय भावले हेरिन थालेको भन्दै यसले हामी कता जादै छौं भन्ने चिन्ता थपिएको बताउनुभयो ।
वडाका कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाई बिउ पल तथा स्प्रे मेशिन विहीबार वडा कार्यालयमा हस्तान्तरण गर्दै उहाँले कुकुर पालेर मर्निङ वाक गराउनेको इज्जत बढ्न थालेको तर्क गर्नुभयो । विहान गाईभैसीको गोबर फाल्नुहरु समाजमा गरिब दर्जामा गनिन थालिएको भन्दै यस्तो सोचले मुलुक परिवर्तन नहुने बताउनुभयो ।
समाजमा काम गर्ने बर्गलाई उच्च सम्मान गर्नुपर्ने भन्दै वडा कार्यालयले किसानमैत्री विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कृषिको विकास बिना मुलुकमा समृद्धि आउन नसक्ने भन्दै सरकारको लगानी कृषिमै बढी हुनुपर्नेमा जोड दिनुभयो । यो बर्ष वडाले किसान लक्षित विभिन्न कार्यक्रम ल्याएको भन्दै यसको अवसर सकेको लिन आग्रह गर्नुभयो ।
दुई लाखको बजेटमा वडाका झण्डै ८० कृषि संस्थालाई स्प्रे मेशिन र बीउपल वितरण गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ५ : ३० बजे