८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अब अर्घाखाँची र तौलिहवामा राजस्व कार्यालयका शाखा खुल्ने, करदाता उत्साहित



मायादेवी अनलाइन, चारनम्बर ।
संघीय अर्थ मन्त्रालयले कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीमा कर कार्यालयका शाखा खोल्ने निर्णय गरेको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा करका काम हुँदै आएको भएपनि मन्त्रालयले करका शाखा कार्यालय बढाउने निर्णय गरेको हो ।
अर्को महिनादेखि लागु हुने गरी मन्त्रालयले करका शाखा कार्यालय खोल्न थालेको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पुण्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो । कृष्णनगरको मातहतमै रहने गरी दुई शाखा कार्यालय खुल्न थालेको उहाँले प्रष्ट पार्नुभयो ।
टाढाको दुरी हुँदा उद्योगी, व्यवसायीलाई कर तिर्न समस्या भएपछि मन्त्रालयले करका दुई शाखा कार्यालय थप गरेको न्यौपानेले मायादेवीलाई बताउनुभयो । उहाँकै पहलमा कर कार्यालय थप गरिएको बताइएको छ ।
कर कार्यालय कृष्णनगरको नेतृत्व लिन आउनु भएका न्यौपानेले थुप्रै सुधारका काम गर्नुभएको छ ।
विगतमा अर्घाखाँचीबाट कर तिर्न कृष्णनगर आउन दुई÷तीन दिन विताउनुपर्ने बाध्यता थियो । अनावश्यक कागजात नपुग्ने, कर्मचारीले दुःख दिने गर्दा कर तिर्न कृष्णनगरमा सास्ती हुँदै आएको थियो । तर, न्यौपानेको कृष्णनगर आगमनसंगै सबै कुराको सुधार पाइएको छ ।
कर तिर्न आउने सेवाग्राहीलाई छिटो र छरिटो तरिकाले सेवा प्रवाह गराउनुनै न्यौपानेको महत्वपूर्ण सुधारको काम हो । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय परिषरमै स्थापना गरेर सेवाग्राहीको काम छिटो र छरिटो गराउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
साथै उहाँले करको विषयमा थु्रपै व्यवसायी अनविज्ञ हुँदा समस्या परिरहेका बेला थुप्रै प्रशिक्षण दिएर बुझाउने कोशिस गर्नुभएको थियो । कपिलवस्तुमा मात्र उहाँले करको विषयमा दर्जन बढी प्रशिक्षण दिनुभएको छ ।
कर तिर्न चाहिने आवश्यक कागजात मिलाउन नसक्दा कतिपय व्यवसायी कर तिर्न कार्यालयमै नजानेक्रम बढ्दो थियो । कर्मचारीको अनाश्वयक दुख्ख दिदा कर नतिर्ने बरु व्यवसायी नै बन्द गर्ने सोचमा थिए । तर, उहाँको पालामा मुस्कान सहितको सेवा सुचारु भएपछि उद्योगी, व्यवसायी खुसी भएका छन् ।
दुई जिल्लाको कर कार्यालय एउटै हुँदा समस्या परेको भन्दै अब तौलिहवा र अर्घाखाँचीमा कर कार्यायल खुल्दा आफु उत्साहित भएको उहाँले मायादेवीलाई बताउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ५ : ०३ बजे