८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भारतमाथि आईसीसीले किन तिरायो जरिबाना




काठमाण्डौ । न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा चार विकेटले पराजित भएको भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जरिबाना लगाएको छ ।पहिलो एकदिवसीयमा ुस्लो ओभर रेटु मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत म्याच फीु को जरिबाना लगाएको हो ।

आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर स्लो रेटु मा गरेको भन्दै जरिबाना लगाइएको हो । आईसीसीको ुकोड अफ कन्डक्टु अन्तर्गत २।२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिबाना तिर्न तयार रहेको बताए । यसअघि पनि आईसीसीले गएको आइतबार न्युजिल्याण्डविरुद्धको पाँचौँ टी–२० मा ‘स्लो ओभर रेट’ का कारण भारतलाई २० प्रतिशत रकम जरिबाना लगाएको थियो । त्यस्तै गएको शुक्रबार न्युजिल्यान्डसँगको चौथो टी–२औ मा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिबाना लगाएको थियो ।तीन खेलको एकदिवसीय श्रृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल आउँदो शनिबार हुनेछ । यसअघि भएको पाँच खेलको टी–२० श्रृङ्खला भारतले क्लिनस्वीप गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ९ : ४३ बजे